बिएल संवाददाता
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा पठाएको छ।
मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम गत शुक्रबार महानगर कमिटीले जिल्लामा पठाएको थियो। जिल्लाले पनि सोही नामलाई प्रदेशमा पठाएको थियो। बुधबार प्रदेश कमिटीले सबै नाम केन्द्रमा पठाएको सचिव धनन्जय दवाडीले जानकारी दिए।
पोखराको मेयरका लागि प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की र मीनाकुमारी गुरुङ, प्रदेशका उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, नेताहरु दीपक पौडेल, बालासिंह काउछा मगर र सावित्री भण्डाीले दावी गरेका छन्।
उपमेयरमा वडाध्यक्षहरु शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, नेताहरु वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, बिनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलको नाम सिफारिस भएको छ। केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण सहमति जुट्न सकेको थिएन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया