तेह्र जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

file photo
file photo

देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६९३ पुगेको छ।

एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७६ रहेको छ। पछिल्लो समय थप २५ जना निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४२४ पुगेको छ। निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ।

त्यसैगरी पछिल्लो समय एक लाख ३८ हजार १८२ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३१८ रहेको छ।

अहिले होम आइसोलेशनमा ३१४ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा चार, आईसीयूमा चार र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।

प्रकाशित मिति: : 2022-04-20 18:52:00

प्रतिकृया दिनुहोस्