प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। नेपाल विद्यार्थी संघको कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन्।
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने,‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नैपर्यो।’