रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Symbolic photo
Symbolic photo

रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौरस्थित जिल्ला अस्पतालमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ।

गौरबाट कोप्वातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-19 10:57:00

प्रतिकृया दिनुहोस्