खैरहनीकाे मेयरमा युवा नेता सापकाेटाकाे दाबी, भन्छन् : चुनाव जिते तलब खान्न, गाडी लिन्न

प्रविधिकाे संयाेजनबाट स्मार्टसिटीकाे अवधारणा

Breaknlinks
Breaknlinks

आफ्नो नगरको विकास गार्लान् भनेर प्रचण्ड मत दिएर जनप्रतिनिधिको रुपमा निर्वाचित गरेका व्यक्तिले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै देशभरका स्थानीय तहमा आवाजहरु उठिरहेका छन्। त्यस्तै आवाज चितवनको खैरहनी नगरपालिकामा पनि उठिनैरहे। जनप्रतिनिधिले उपलब्ध बजेटको समुचित प्रयोग गर्न नसकेको, अत्याधिक भ्रष्टाचार गरेको र विकास निर्माणमा ढिलासुस्ती गरेको जनताको आरोप छ।

त्यस्तो त स्थानीय तहमा जतिसुकै स्रोत तथा साधनको उपलब्धता होस् त्यसलाई सही तरिकाले प्रयोग गर्न सक्ने सक्षम र क्षमतावान जनप्रतिनिधि वा नेतृत्व नभएसम्म नगरले विकासको काँचुली फेर्न सक्दैन। न त जनताले समृद्धिकाे अनुभूत गर्न सक्छन्। हो, त्यसैले देशभरका अधिकांश युवाहरु आफ्नो नगरको नेतृत्व गर्न अगाडि सर्न थालेका छन्। यही मार्गमा छन्, नेपाली काँग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य प्राध्यापक हरिप्रसाद सापकोटा।

लामो समय शिक्षण पेसा गरेका प्राध्यापक सपकोटा एक कुशल रानीतिज्ञ हुन्। बाल्यकालदेखि नै राजनीतिमा हाेमिएका उनी एक क्षमतावान् तथा ‘भिजनरी’ नेताका रूपमा परिचित छन्। उनै प्रा.सापकाेटाले यही वैशाख ३० काे लागि तय भएकाे स्थानीय तह निर्वाचनमा खैरहनी नगरपालिकाकाे मेयरमा उम्मेदवारी दाबी गरेका छन्। नेपाली कांग्रेसबाट यहाँकाे मेयर पदकाे उम्मेदवारीकाे लागि १२ जनाकाे नाम जिल्लामा सिफारिस भएकाे छ, जसमा बलियाे उम्मेदवारका रूपमा उनकाे नाम पनि समावेश छ।

नगरपालिकाकाे विकासकाे लागि नयाँ साेच र विचार भएका युवाकाे विकल्प नरहेकाे भन्दै अन्य नेताहरूका आकांक्षीहरू हुँदा हुँदै पनि आफूले उम्मेदावरी दिने निर्णयमा पुगेकाे उनी बताउँछन्।

‘पुरानो ढुङ्गे युगलाई बिर्सिएर अब चाहिँ २१औँ शताब्दीको मागअनुसार हामीले नगरमा विकास निर्माणका काम गर्न जरूरी छ। विश्व कहाँबाट कहाँ पुग्याे तर हाम्राे नगरमा अहिले पनि झन्झटिला कार्य प्रणालीहरू छन्, यसबाट जनताले कहिलेसम्म दु:ख पाउनुपर्ने ?,’ सापकाेटाले भने, ‘त्यसैले अब हामी जस्ता युवाहरू अगाडि नसर्ने हाे भने यहाँकाे विकास कहिलै पनि हुन्न, नयाँ तरिकाले काम गर्ने र सिस्टम चेञ्ज गर्ने भनेकाे युवाले नै हाे भन्ने लागेर मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेकाे हुँ।’

कम्युटर विषयबाट मास्टर गरेर १२ वर्षभन्दा बढी समय चितवनका विभन्न कलेज तथा क्याम्पसहरूमा अध्यापन गर्नुका साथै सामाजिक र राजनीतिक विषयमा राम्राे ज्ञान भएका सापकाेटा चितवन जिल्लाकै युवा तथा याेग्य नेताकाे रूपमा सबैकाे रूचिमा पर्न सफल छन्, सापकाेटा। लामाे समय शिक्षण पेसामा लागेका कारण उनले गाउँका तल्लाे तहदेखि राज्यका नेतृत्व तहसम्मका मानिसहरूलाई राम्राेसँग बुझ्ने उनले यहाँका विभिन्न संघ संस्थामा रहेर कम गरी जनताकाे मन जित्न सफल छन्। सूचना प्रविधिकाे प्रयाेगबाट जटिलभन्दा जटिल काम पनि सहजै गर्न सक्ने क्षमताका कारणा उनी अधिकांश युवा पुस्ताकाे मन मुटुमा बस्न सफल छन्। उनले थुप्रै युवा समूहमा रहेर सफल नेतृत्व गर्दै विभिन्न सामाजिक काम गर्दै आएकाले उनकाे नेतृत्वमा सम्रग खैरहनीमा कायापलट हुनेमा विश्वस्त रहेकाे स्थानीयहरू बताउँछन्।

‘सूचना प्रविधिबारे मैले राम्राेसँग बुझेकाे छु। त्यही आधारमा मैले अहिलेसम्म धेरै याेजनाहरू सफल बनाएकाे छु। अब त्यही प्रविधिकाे प्रयाेग गरी हाम्राे नगरलाई विकासकाे गतिमा अगाडि बढाउन सकिन्छ भने किन नगर्ने ? भनेर मैले मेयर पदमा दाबी गरेकाे हुँ,’ उनी भन्छन्,‘मेरो नगरबासीको जिम्मा म लिन्छु, नयाँ तरिकाबाट नगरकाे विकास गर्नछु।’

पार्टीमा क्षमतावान नेताकाे छवि

सापकाेटाकाे परिवार नेपाली कांग्रेसमा आवद्ध भएकाले उनी बाल्यकालदेखि नै कांग्रेसी गतिबिधिलाई राम्राेसँग नियाल्ने गर्थे। १०–१२ वर्षकाे उमेरबाट नै नेपाली कांग्रेसकाे झण्डा बाेकेकाे उनी बताउँछन्। एसएलसी दिएपछिकाे खाली समयमा विपी काेइरालालगायतले लेखेका राजनीतिक किताबहरू पढ्दा पढ्दै राजनीतिमा लागेका थिए, उनी। कक्षा १२ मा पढ्दा नेपाल विद्यार्थी संघ (नेवि संघ)काे इकाई सभापति भएदेखि पार्टी विभिन्न तहमा रहेर काम गर्दै आएका उनले तरूण दलसँगै नेपाली काँग्रेसकाे १३औँ महाधिवेशनबाट नगर सचिव तथा १४औँ महाधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका छन्। यसरी लामाे समयदेखि राजनीतिमा सक्रिय उनी नेपाली कांग्रेसभित्र नयाँ साेच, विचार भएका तथा क्षमतावान छवि भएका नेताहरूकाे रूपमा परिचित छन्। जिल्लामा हुने रहेक आन्दाेलन तथा अभियानममा उनी रचनात्मक रूपमा प्रस्तुत हुने गर्छन्, जुन उनकाे सबैले मन पराउने शैली हाे। उनी यसअघि आफ्नाे नगरपालिकाले सही ढंगले विकास निर्माणका काम नगरेकाे भन्दै केही युवाहरूकाे साथ नगरपालिकाकाे भवन अगाडि अनसन समेत बसेका थिए। 

आफू अन्य उम्मेदवारभन्दा फरक भएकाेले स्थानीयले साथ दिनेमा ढुक्क भएकाे उनी बताउँछन्।

‘मैले पार्टीमा गरेकाे योगदानका कुराहरु त हुँदै भए, मसँग पढेका साथीहरुले यही ठाउँमा स्थापित भएको हुनाले पनि उहाँहरुले पनि हौसला प्रदान गर्नुभएको छ,’ उनले भने, ‘विश्वास छ यहाँका सबैले मलाई साथ दिनुहुने छ।’

प्रविधिकाे संयाेजनबाट स्मार्टसिटीकाे अवधारणा

उनले आफूले निर्वाचन जितेमा खैरहनी नगरपालिकालाई प्रविधिकाे संयाेजनबाट स्मार्ट सिटीका रूपमा विकसित गर्ने बताउँछन्। स्थानीय तहमा आएकाे बजेटलाई जनप्रतिनिधिहरूले सही तरिकाले प्रयाेग गर्न नजाँदा समस्यमा हुने भएकाे उनकाे बुझाइ छ। त्यसैले उनी आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, यातायाता तथा सञ्चार क्षेत्रलाई सहज र सुलभ बनाउनुका साथै यहाँका युवालाई स्वाराेजगारउन्मुख बनाउनेमा जाेड दिने बताउँछन्। त्यस्तै नगरपालिकामा एप्सकाे विकास गरी कार्यप्रणालीलाई सहज बनाउने उनकाे याेजना रहेकाे छ।

‘विकास भनेकाे बाटाे र पुल बनाउनु मात्रै हाेइन। यहाँकाे सिस्टमलाई पूर्ण रूपमा परिवर्तन गरी नयाँ ढंगबाट कामकाे थालनी गर्नुपर्छ,’ सापकाेटा भन्छन्,‘नगरबासीकाे सहजताकाे लागि मैले यहाँकाे छुट्टै एप्स बनाएर कार्यशैलीलाई सहज बनाउने साेचेकाे छु। यसबाट काम गर्न त सजिलाे हुन्छ नै खर्च पनि कम हुन्छ। हामी स्मार्ट युवाले स्मार्ट काम त गर्नै पर्‍याे।’

मेयर बने सरकारी गाडीकाे प्रयाेग नगर्ने र तलब नलिने घाेषणा

सरल तथा सामान्य जीवनशैली भएका सापकाेटाले यदि मेयर निर्वाचित भएका नगरपालिकाले उपलब्ध गराउने सरकारी गाडी तथा तलब सुविधा समेत नलिने बताउँछन्। आफूले पाउने सेवा सुविधा नगरबासीकाे लागि प्रयाेग गर्ने उनकाे भनाइ छ।

‘म नगर प्रमुख भएँ भने तलब लिन्नँ। मैले पाएको गाडीलाई जेष्ठ नागरिकको ओसारपोसारमा सदुपयोग गर्छु,’ उनले भने,‘म नगरपालिकामा तलब खानको लागि जाने होइन। त्यसैले तलब लिन्न एज अ भोलेन्टियरको रूपमा काम गर्छु, किनभने तलब खानकाे लागि त मैले सरकारी जागिर खाए भयो त।’

प्रकाशित मिति: : 2022-04-18 20:33:00

प्रतिकृया दिनुहोस्