एमालेमा उम्मेदवार छान्नै धौ-धौः श्रीमतीलाई अध्यक्ष बनाउन शाहको दौडधुप

नेकपा (एमाले)लाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टु‌ंगाे लगाउन नै धाै-धाै परेकाे छ।

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखेपछि गाउँ कमिटीले निर्णय लिन सकेकाे छैन।

‘उम्मेदवार छनाेट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएकाे छ। उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनु भएकाे छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो। उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो। शक्ति देखाउन खोजिरहनुभएको छ।’

उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजित हुने देखेपछि शाहले चुनाव बिना नै प्रदेश कमिटीमा सिफारिस गर्न दबाब दिइरहेका हुन्। 

ठाटीकाँधमा एमालेबाट अध्यक्षका लागि धीरबहादुर शाही, योगेन्द्रविक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन्।

शाहले भने आकांक्षीकाे नाम प्रदेश कमिटीमा सिफारिस गर्न गाउँ कमिटीलाई भनिए पनि नमानेकाे बताएका छन्। 'उम्मेदवारका विषयमा मलाई श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापनबाहेक केही होइन,’ उनले भने।

उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी  गरेका छन्।

प्रकाशित मिति: : 2022-04-18 08:36:00

प्रतिकृया दिनुहोस्