शिक्षकले छात्रालाई याैन दुर्व्यवहार गरेको भन्दै गैंडाकोटको जनक माविका विद्यार्थी आन्दाेलित

गैंडाकोटकाे जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।

साेही विद्यालयकाे कक्षा १२ मा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरुजस्ता क्रियाकलाप गरेकाे भन्दै विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका हुन्।

विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएकाे प्रहरीले जनाएकाे छ।

दुर्व्यवहार गर्ने शिक्षक प्रहरीकाे नियन्त्रणमा छन। तर, प्रहरीले शिक्षककाे बचाउ गर्न खाेजेकाे विद्यार्थीहरूकाे आराेप छ।

प्रकाशित मिति: : 2022-04-17 14:10:00

प्रतिकृया दिनुहोस्