रामकुमार परियार
राष्ट्रपति विद्यादेवि भण्डारीमार्फत् ‘प्रवल जनसेवाश्री’ पदकद्वारा सम्मानित भएपछि हक्कीका पूर्व अन्तराष्ट्रिय खेलाडी एवम् प्रशिक्षक रञ्जन थापाले गौरवान्वित भएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय खेलकुद कर्मचारी संघका केन्द्रीय अध्यक्ष समेत रहेका थापालाई 'प्रवल जनसेवाश्री चतुर्थ श्रेणी' विभूषणबाट सम्मानित गरेकी थिइन।
राज्यले खेलकुद क्षेत्रलाई उचित सम्मान दिन नसकेको गुनासोहरु बढिरहेको बेला सरकारी विभूषण पाउने थापा पहिलो हक्की खेलाडी हुन्। उनले २०४५ सालमा विराटनगरमा सम्पन्न पाँचौ राष्ट्रिय हक्की प्रतियोगीतामा जितसंगै सर्वोत्कृष्ट खेलाडीको ट्रफी जितेका थिए।
वि.सं. २०४२ सालमा विरगञ्जमा सम्पन्न तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थापाले हक्कीको राष्ट्रिय प्रशिक्षक हुँदै थुप्रै अन्तराष्ट्रिय प्रतियोगीताहरुमा सहभागिता जनाइसकेका छन्।
खेल क्षेत्रको वृद्धि विकास र उन्नयनमा सक्रिय थापा सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन्। उनले प्रतिभाशाली युवा खेलाडीहरुलाई व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएका छन्। थापाको संयोजकत्वमा हालै विराटनगरमा जिपि कोइराला स्मृति पुरुष हक्की प्रतियोगिता संपन्न भएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया