राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वसन्तपुरस्थित कुमारी घरमा पुगेर कुमारीहरूबाट आशिर्वाद लिएका छन्।
स्थानीय तहको निर्वाचनको लागि देश दौडमा रहेका लिङ्देनले वैशाख १ गते नयाँ वर्षको अवसरमा वसन्तपुरस्थित कुमारी घरमा जिवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन गरी आशिर्वाद लिएकाे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिीए।
‘राजनीतिक दलको नेताले सम्भवतः पहिलोपटक वसन्तपुरस्थित कुमारी घरमा जीवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन र आशिर्वाद लिने अवसर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्राप्त भएको छ,’ उनले भने।
हिन्दू राष्ट्र कायम गरौं भन्दै निर्वाचनको अभियानमा हाेमिएका बेला यसरी लिएकाे आर्शिवादले उत्साह मिलेकाे श्रेष्ठले बताए।