भेडेटार नजिक बस र ट्याम्पो जुध्दा चालकको मृत्यु, एक जना घाइते

आज बिहान भेडेटार-धरान सडक खण्डमा बस र ट्याम्पो जुध्दा ट्याम्पो चालकको मृत्यु भएको छ।

धरानबाट भेडेटारतिर जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरानतर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो र भेडेटारदेखि दुई घुम्तीमुनि करिब १ किलोमिटर तल एकआपसमा जुधेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृत्यु हुनेमा ट्याम्पो चालक भरौल-५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन्।

उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम-२ बस्ने १५ बर्षीय उषा लिम्बु घाइते भएको र उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएको बताइएको छ।

बस चालक धरान-१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल र बस इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-04-15 10:34:00

प्रतिकृया दिनुहोस्