राप्रपाको घरदैलो अभियान : अध्यक्ष लिङ्देन र रेखा थापा आज वीरगञ्ज जाँदै

Breaknlinks
Breaknlinks

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव लक्षित घरदैलो कार्यक्रम आक्रमक रुपमा अघि बढिरहेको छ। ठूला दलप्रतिको बिष्तृणा र राप्रपाप्रतिको आशा र भरोसाले पार्टीमा एकाएक जनलहर नै उर्लिएको छ। यो भनिरहने भन्दा हाल देखिरहेकै कुरो हो। जहाँ राप्रपाको कार्यक्रम हुन्छ, त्यहाँ सहभागी बढिरहेका छन्।

चुनाव लक्षित घरदैलो कार्यक्रमले स्भाविक रुपमा पार्टीका नेताहरु घरदैलोमा खटिएका छन्। पार्टीका नेता तथा कार्यकर्तालाई ब्यस्त बनाएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन देखी केन्द्रीय सदस्य रेखा थापाको दौडधुप बढेको हो। गाउँगाउँ पुगेर राष्ट्रवादी पार्टीमा समाहित हुन अपिल गरिरहेका छन्। यसै क्रममा आज पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय सदस्य रेखा थापा आज वीरगञ्ज जाँदैछन्। त्यहाँ पुगेर भेलालाई सम्बोधन गर्ने र पार्टी प्रवेशको कार्यक्रम रहेको छ।

हिजो चितवन पुगेर घरदैलो कार्यक्रम गरेकी रेखा थापा आज वीरगञ्ज गएर आफ्ना विचार प्रस्तुत गर्दैछिन्। पार्टीमा दिनरात भोक/तिर्खा नभनि कुदिरहनुभएको छ, तपाईंलाई रेष्ट चाँहिदैन ?

रेखा उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्,‘जनताले हाम्रो कामको टेष्ट, गरिहनुभएको बेला रेष्ट गरेर हुन्छ र !’

थापाले राप्रपामा चुनावी माहोलको गति नरोकिने बताइन्।

‘हामी मैदानमा छौँ, जनताको घरघरमा जान्छौँ, अझ हामीलाई स्वयम् नेपाली दाजुभाइ, दिदीबहिनीहरूले बोलाइ रहनुभएको छ,’ रेखा भन्छिन्,‘जनता जनार्दन हुनुहुन्छ। हामी उहाँहरुको काम गर्ने हो।’

प्रकाशित मिति: : 2022-04-12 09:40:00

प्रतिकृया दिनुहोस्