
बिएल संवाददाता
राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठक बस्दैछ।
बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो।
‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ। आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरूमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया