चियाकाे चुस्कीसँगै ‘डली चायवाला’काे चर्चा (भिडियाेसहित)

Youtub

चियाको चुस्की– न बिहान, न दिउँसो, न त बेलुकी नै! गाउँ–सहरमा पलपलमा चिया–चर्चा चलिरहन्छ। मानिसहरू एकदिनमा कैयौं पटक चिया पिउँछन्। किनकि, चिया कसैका लागि नशा भइसकेको हुन्छ।

बजारमा थरीथरी चिया प्रेमी भेटिन्छन्। कतिपय त खुब चिया पिउँछन्। उनीहरू घरमा पाक्दापाक्दै पनि टपरी वा पसल नै धाउँछन्।

कोरोना कालमा प्रायः मानिसहरू घरभित्रै हुलिए। उनीहरू मास्क लगाउँदै बल्ल खुल्न थालेका छन्। आजकल जहाँ चिया पसल, त्यहाँ मानिसहरूको भीडैभीड हुन्छ। उनीहरू पसल छिरेपछि चिया पिउँदै समय बिताउँछन्।

खैर, अब चर्चा गरौं झिल्के ‘चायवाला’ को रोचक कथा। स्वाभाविक रूपमा चिया पसलमा ‘चायवाला’ हुन्छ। तर कोही–कोही त यति धेरै स्टाइलिस् हुन्छन्, जसको सामाजिक सञ्जालमा निकै चर्चा चल्छ। चिया बनाउनेदेखि खुवाउनेसम्मको हर तरिकाले सबैलाई मोहित बनाउँछ।

यस्तै, भारतीय एक युवक सामाजिक सञ्जालमा निकै भाइरल छन्। उनी स्टाइलिस् तरिकाले चिया बनाउँछन्, अनि खुवाउँछन्। जस्तै– अभिनेता रजनीकान्तका लाखौं फ्यानहरू छन्। कोही–कोही रजनीकान्तका यति ठूला फ्यान हन्छन् कि जताततै उनैको स्टाइल पछ्याउँछन्।

तर के तपाईंले अहिलेसम्म रजनीकान्तको स्टाइलमा देखिने चायवाला देख्नुभएको छ? देख्नुभएको छैन भने तलको भिडियो पूरा हेर्नुहोस्। चिया बेच्ने तौर–तरिका मात्रै फरक छैन। उनी बाँचिरहेको संसार नै अनौठो छ।

एकाबिहानै उठेदेखि राति सुत्नेबेलासम्म मानिसहरू पटकपटक चिया पिउँछन्। त्यसैले कविहरू चियामाथि कविता लेख्छन्। चियाकै चर्चा गर्छन्। राजनीतिसम्म चिया चौतारीमै हुन्छ।

भारतको महाराष्ट्र राज्यस्थित नागपुरका ‘डली चायवाला’ त्यहाँका स्थानीय हुन्। उनको कला मात्रै होइन मान्छे पनि रमाइला छन्। चियासँगै रमाउँछन्। ग्राहक पनि सँगसँगै रमाउँछन्। सडकमै चिया बेचेर राम्राे पैसा कमाउँछन्, उनी।

उनी रमाइलो ढंगले चिया बेचिरहेका हुन्छन्। निकै राम्राे स्टाइलमा चियामा दूध पनि मिसाएको देखिन्छ। उनको चियाको गिलास उठाउने तरिका निकै चर्चित छ। यति मात्र होइन, ग्राहकबाट पैसा लिने र दिने शैली पनि फरक छ। यही शैलीका कारण उनी लोकप्रिय छन् र निरन्तर चर्चामा रहन्छन्। 'डलीकी टपरी' युवामाझ निकै लोकप्रिय छ।

प्रकाशित मिति: : 2022-04-16 06:22:00

प्रतिकृया दिनुहोस्