अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

File Photo
File Photo

अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। बिहीबार उनलाई कानुनमन्त्रीमा नियुक्त गरिएको हाे।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन्।

नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम छ। बन्दी संघीय संसदमा सदस्य छैनन्। ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ। 

प्रकाशित मिति: : 2022-04-07 13:04:00

प्रतिकृया दिनुहोस्