जानकी फाउण्डेशन तथा नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सको संयुत आयोजनामा ‘नेपाल युवा सम्मेलन’ चैत २७ र २८गते नेपाल पर्यटन विकास बोर्डमा हुने भएको छ।
देशका युवा शक्तिहरु विदेशीने क्रम बढिरहँदा नेपाल फिलिपिन्स तथा जानकी फाउण्डेशनले देशमा नै कोही गर्ने भावका साथ युवाहरुमा जोश र सहास प्रदान गर्न सम्मेलनको आयोजना गरिएको नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सकी अध्यक्ष शोभा जवालीले बताएकी छिन्। देशका जनशक्ति पलायन हुँदा हाम्रो देश घाटामा हुन्छ।
उनले भनिन्, ‘देशका दक्ष जनशक्ति विदेश पलायन हुदा आफनै देशमा घाटा हुन्छ । विदेश जाने जनशक्तिहरुमा पनि सबै काम नेपालमा नै गर्न सकिन्छ भन्ने आशमा कार्यक्रम सञ्चालन गर्न गईरहेका छौँ। पछिल्लो समय हाल वैदेशीक रोजगारी होस् या उच्च शिक्षा हासिल गर्न विदेश पलायन हुनेको सङख्या उच्च छ। जसलाई नेपालमा नै सम्भावनाको बाटो देखाउन सकेमा हामीलाई नै राम्रो हुन्छ।’
यस कार्यक्रमले युवाहरुमा प्लाटफर्म दिने उनको भनाई छ। उनले भनिन् ‘हामीले कुनै पनि काम शुरु गर्नु अगावै त्यस कामको बारेमा जानकारी हुन जरुरी छ। जसले कुषि, शिक्षा, स्वास्थय मात्र नभई सम्पूर्ण विधामा सहयोग पुर्याउने छ।’