गठबन्धनमा रहेका पाँच राजनीतिक दलले चितवनमा सहकार्य गर्ने भएका छन्। मंगलबार नेपाली कांग्रेसको सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक बसी उक्त निर्णय सार्वजनिक गरेको छ ।
जिल्लाको ७ वटै पालिकामा चुनावी तालमेल गरी जाने, सयुक्त संयन्त्रको संयोजन कांग्रेसको पालीका सभापतिले गर्ने र आसन्न स्थानीय परिपत्र अनुसार दलगत वस्तुस्तिथिको बारेमा तयार गर्न प्रत्येक दलबाट एक एक जना रहने कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज कृष्ण प्र खनाल, जसपा अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चा अध्यक्ष डम्मर पुरी लगायतका नेताहरु सहभागी थिए।