भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

File photo
File photo

भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ।

चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-01 20:20:00

प्रतिकृया दिनुहोस्