दाङमा प्रहरीले लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ।बिहीबार बेलुका ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रुकुमेली ठाडाढुंगा नामक होटलबाट ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
पक्राउ पर्नेमा बबई गाउँपालिका २ निवासी २५ वर्षीय अनिष डाँगी, तुलसीपुर उपमहानगरपालिका ५ निवासी १९ वर्षीय किरण बुढाथोकी र सोही वडा निवासी १८ वर्षीय सन्तोष बस्नेत रहेका छन्।
होटलमा लागूऔषध विक्रि वितरण भइरहेको भन्ने सूचनाका आधारमा र्इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटि गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट नगद ४ हजार ३ थान मोबाईल सेट पनि बरामद गरेको छ।साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।