मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन्।
गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।हाल नम्बर नखुलेको सवारी साधनले गएराती १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ।