एमालेकाे प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले ?

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाे छ। प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन्। 

तर, मुलुकका कार्यकारी प्रमुखकाे भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएकाे भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्,'प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ। संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन।'

देउवाकाे भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन्।

'स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?' उनले प्रश्न गरेका छन्।

प्रकाशित मिति: : 2022-04-01 07:47:00

प्रतिकृया दिनुहोस्