बर्दियामा सहकारीको रकम हिनामिना गर्ने तीन जना पक्राउ परेका छन्।
बर्दिया प्रहरीले रकम हिनामिना गर्ने बाँसगढी नगरपालिका वडा नं. ५ बस्ने मटराम थारु, सोही ठाउँकै फत्तु थारु र हरिराम थारुलाई पक्राउ गरेको हो।
उनीहरुलाई जिल्ला अदालत गुलरियाले गएको असोज १३ गते एक सहकारी संस्थाको लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा जेल सजाय र जरिवाना तोकेको थियो।
अदालतले मटराम र फत्तु दुबै जनालाई २ वर्ष ८ महिना १ दिन कैद सजाय र रु ८८ लाख २ हजार ६१५ रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।
त्यस्तै हरिरामलाई ८७ लाख ८९ हजार ११५ रुपैयाँ जरिवाना तोकिएको थियो। उनलाई जेल सजाय तोकिएको थिएन।
उनीहरुलाई ६ महिना अघि अदालतले कैद र जरिवाना तोकेको भएपनि फरार रहँदै आएका थिए।
आज ईलाका प्रहरी काकार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख हेमबहादुर शाहीले जानकारी दिए।