जनकपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

बिएल संवाददाता

जनकपुरधाम 
Symbolic photo
Symbolic photo

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ।

बिहीबार आज जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक पुष्पबाटिका स्कुलको प्रदेश-२-०३ ००१ख ०५३२ नम्बरको बसले ठक्कर दिँदा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछानेको मृत्यु भएको हो।

घरबाट बा.८०च ९०९४ नम्बरको मोटरसाइकल चढेर जनकपुरधामतर्फ जाँदै गरेका लामिछानेलाई सो बसले खाद्य संस्थानको अगाडि ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करले उनको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-31 15:24:00

प्रतिकृया दिनुहोस्