झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाडाैँ महानगरपालिका-५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन्।
हिजो (बुधबार) बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रदेश ३-०१-००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका उनीहरुको साथबाट प्लास्टिकमा पोको पारी लुकाइ राखेको अवस्थामा २८ ग्राम ब्राउनसुगर बरामद गरिएको हो।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।