बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

File Photo
File Photo

हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। 

मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन्।बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: : 2022-03-31 12:51:00

प्रतिकृया दिनुहोस्