कस्ताे छ आजकाे माैसम ?

हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १ को थोरै र बागमती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति: : 2022-03-31 06:58:00

प्रतिकृया दिनुहोस्