लोसपा कार्यकारिणीको बैठक जारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ।

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ।

साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-03-30 13:55:00

प्रतिकृया दिनुहोस्