अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारानको नाम सूर्जेकुमारी भएको बताएकी छन्।
कपिलवस्तुमा सोमबार एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री मानन्धरले सूर्यले 'सोलार सिस्टम' धानेको र सूर्यले नै नेपाललाई धान्ने बताउँदै आफ्नो नामसमेत सूर्जेकुमारी रहेको बताएकी हुन्।
‘आज एउटा कुरा रिभिल गरिदिऊँ कि जस्तो लाग्यो। मेरो न्वारानको नामचाहिँ सूर्जेकुमारी हो है‚’ उनले भनिन्‚‘सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्ने छ।’