गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन्। आइतबार सम्पन्न १०औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएका हुन्।
उनीहरुले ६\६ महिना कार्यकारी अधिकार प्रयोग गर्ने सहमती भएको छ। पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन्। त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन्।
यस्तै ११ जना उपाध्यक्ष, २ जना महिला उपाध्यक्ष, ३ जना युवा उपाध्यक्ष, २ जना महासचिव, ६जना उपमहासचिव र १०जना सचिव सहितको पदाधिकारीको घोषणा भएको छ।
उपाध्यक्षमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन्।
यस्तै, महिला उपाध्यक्षमा विष्णुमाया परियार र याश्मिन बेगम चयन भएका छन्। भने, युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन्। यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन्। जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।
उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। सचिवमा १० जना निर्वाचित भएका छन्। चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमाेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चुनिएका छन्।
त्यसैगरी महिला सचिवमा डा.अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित भएका छन्। प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन हुँदा कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन्। सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी, दीपक शर्मा, लाल केसी र मिलन छन्त्याल चुनिएका छन्।
महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन्। यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन्।