जब ‘विप्लव’हरू हँसिया बोकेर गहुँबारीमा छिरे (फोटो फिचर)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक सकेर बिहीबार गहुँबारीमा छिरेका छन्।

उनीहरू केन्द्रीय जनकम्युनको श्रममा सहभागी भएर सर्वसाधारणको निम्ति श्रम योगदान गरेका हुन्।

केन्द्रीय नेताहरुले कपिलवस्तुस्थित शिवगढी वरपरका किसानको खेतमा पाकेको गहुँ काटेर जनतालाई श्रम सहयोग गरेको बताइएको छ।

हातमा हँसिया बोकेर महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढामगरलगायतका नेताहरू गहुँबारीमा पुगेका थिए।

नेकपाको शिवगढीमा जारी बैठकले आगामी स्थानीय तह र संसदीय निर्वाचनलाई उपयोग गर्ने निर्णय पनि गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादीलाई संसदीय भासमा पुर्याएको आरोप लगाउँदै सशस्त्र आन्दोलनलाई निरन्तरता दिन विप्लवले छुट्टै समूहको निर्माण गरेका थिए। तर एकाध वर्षपछि उनै विप्लवको पार्टीले संसदीय निर्वाचनको उपयोग गर्ने औपचारिक निर्णय गरेको छ।

प्रकाशित मिति: : 2022-03-25 11:57:00

प्रतिकृया दिनुहोस्