लागुऔषध र पैसाका लागि कास्की अदालत फोर्ने पक्राउ

बुधबार राति पोखरामा अनौठो घटना भयो। जिल्ला अदालत कास्की परिसरभित्रै तोडफोड भयो।

बैदाम प्रहरी कार्यालयअघि छ, कास्की अदालत। सुरक्षाकर्मीकै घेरा तोडेर अदालत तोडफोड भयो। बिहीबार अदालत तोडफोड गर्ने अभियुक्त पक्राउ परेका छन्।

कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरेर बुधबार राति तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालका १५ टुटुंगा बस्ने अर्जुन परियार अर्फ दावा रहेका छन्।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीविरुद्ध यसअघि चोरी, लागुऔषध र अभद्र व्यवहारमा ८ वटा मुद्दा दर्ता भइसकेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुन्दर तिवारीले दावाले अदालतमा लागुऔषध र पैसा खोज्दै जाँदा तोडफोड गरेको बयानमा बताएका छन्।

‘यहाँ लागूऔषध पाइन्छ भनेर परिषद्मा छिरेको हुँ। नजिकैको खोलाबाट ३ वटा लागुऔषध पनि पाएँ। अदालतभित्र थप लागुऔषध र पैसा पाइन्छ भनेर छिरेको हुँ,’ बयानको क्रममा उनले भनेका छन्।

बरामद गरिएका लागुऔषध प्रहरीले अदालतको पूर्वतर्फ नै प्रहरीले लागुऔषध नष्ट गर्दै आएको छ। बयानको क्रममा अदालत परिसरमा भने पर्खाल नाघेरभित्र गएको उनले बताएका छन्।

‘यसअघि दिउँसोमा अदालत आएको थिएँ। यहाँ लागुऔषध पाइन्छ भन्ने थाहा थियो,’ प्रहरीलाई दिएको बयान उद्धृत गर्दै डिएसपी तिवारीले भने, ‘परिसद भित्र रड भेटे यसैले साँचो फोडेर भित्र गएको हुँ। भित्र जाँदा कागजमात्र देखे अनि बाहिर फिर्किएँ भनेर बयानमा भन्नु भएको छ।’

अदालतमा पसेपनि कुनै सामान भने चोरी नगरेको दावाको दाबी छ। दावाविरुद्ध यो पहिला मुद्दा होइन, उनले फागुन ११ गते मात्र लागूऔषध मुद्दामा अन्तिम पटक कास्की कारागारबाट थुनामुक्त भएको कास्की प्रहरीका प्रमखु रमेश थापाले बताए।

‘उहाँले अवसर पाउनेबित्तिकै कुनै न कुनै घटनामा संलग्न भएको देखिन्छ। थुनामुक्त भएको १ महिनाको आसपासमै उनले फेरि अदालत पसेका हुन्,’ थापाले भने।

०७३ जेठ ६ मा पहिलो पटक अभद्र व्यवहारमा मुद्दा दर्ता भएको छ उनीमाथि। यसको दुई महिना भदौ १५ गते पछि दावाविरुद्ध रामबजारमा अभद्र व्यवहारमा मुद्दा दर्ता छ।

सोही वर्ष असोज ३० कास्की प्रहरीमा चोरीको मुद्दा दर्ता भएको डिएसपी तिवारीले बताए। ‘यसै वर्ष कात्तिक २१ गते दावामाथि लागु औषध मुद्दा दर्ता भएको छ,’ डिएसपी तिवारीले सुनाए।

कास्की बाहेक रुपन्देहीमा पनि दावामाथि अभद्र व्यहारको मुद्दा दर्ता छ। उनी माथि ०७४ माघमा रुपन्देहीमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएको कास्की प्रहरीका प्रमुख डिएसपी रमेश थापाले बताए।

‘अवसर पाउने वित्तिकै केही न केही गर्ने प्रहरी रेकडबाट देखिएको छ। उनी १ महिनाको आसपासमा चोरी, लागुऔषध र अभद्र व्यवहारमा मुद्दा दर्ता भएको देखिएको हो,’ थापाले भने।

०७५ असार २५ कास्कीमा अर्को लागु औषध मुद्दा दावा विरुद्ध दर्ता भएको छ। लागुऔषध एडिक्ट दावाले ०७६ चैत ९ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो।

उनलाई प्रहरील नकबजनी चोरीमा मुद्दा दर्ता गर्ने तयारी गरेको तिवारीले बताए। दावाले ६ नम्बर इजलासमा पस्ने ३ वटा ताल्चा फोडेकापछि अदालतमा चोरी भएको आशांका भएको थियो।

अदालत परिसरबाट १ सय १० ईन्च लम्बाई भएको फलामको रड प्रहरीले बरामद गरेको छ। बुधबार घटना घटेपछि ६ नम्बर इजलासमा रहेका ५ वटा मुद्दाको सुनुवाइ प्रभावित भएका थिए।

प्रकाशित मिति: : 2022-03-24 18:30:00

प्रतिकृया दिनुहोस्