उद्योग वाणिज्य संघ जुम्लाको आगामी कार्यकालको लागि व्यवसायी पुरीचन्द्र देवकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। उद्योग वाणिज्य संघ जुम्लाको बरिष्ठ उपाध्यक्ष रहेका देवकोटाले आफ्नो प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिने भएका हुन्।
शुक्रबारदेखि उद्योग वाणिज्य संघ जुम्लाको साधारण सभा सुरु भइ निर्वापवगचन प्रक्रिया अगाडि बढिसकेको छ।
जुम्ला जिल्लाको तत्कालिन कार्तिकस्वमी ७ हाल चन्दननाथ नगरपालिका– १० पण्डितवाडाका पुरीचन्द्र देवकोटाले तत्कालीन चन्दननाथ गाविस वडा नं. ६ विजयनगरमा स्टेशनरी व्यवसायबाट आफ्नो व्यवसायीक यात्रा सुरु गरेका थिए।
जुम्लामा पहिलो पटक २०५२ सालमा फोटोकपि मेसिन भित्राएर आफ्नो व्यवसायीक यात्रामा अघि बढेका देवकोटाले छापाखान तथा विभिन्न उद्योगहरुको स्थापना गरि रोजगारी श्रृजना समेत गरेका छन्।
उद्योग वाणिज्य संघ जुम्लाको स्थापना काल देखिनै व्यवसायीको हकहितमा लाग्दै आएका देवकोटाले भारतका विभिन्न शहर तथा व्यापारिक क्षेत्र थाइलेन्ड, हङकङ, ताइवान र जापान जस्ता विकसित मुलकहरुमा भ्रमण गरी व्यापारिक अनुभव बटुली सकेका छन्।
कर्णाली दर्पण, रारा भ्रमण पद प्रदर्शन र साहित्यिक यात्रा नामक पुस्तकहरु प्रकाशन गरी साहित्य र लेखन क्षेत्रमा समेत याेगदान दिएका उनले नेपालको कलाश्री साहित्य पुरुस्कार लगायत विभिन्न पुरस्कारहरुबाट पुरस्कृत भएका छन्।
२०४८ सालमा स्याउको व्यापारबाट व्यपारिक यात्रा सुरु गरी जुम्लामा प्रिन्टिङ प्रेस, काष्ठ उद्योग, स्टेस्नरी, सिरक डर्सना उद्योग, स्टिल उद्योग, नेपाली हातेकागज उद्योग लगायतका उद्योगहरु सञ्चालन गरेका छन्।
उद्योग वाणिज्य संघमा सदस्य हुँदै उद्योग तर्फको उपाध्यक्ष र संघको दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष समेत भैसकेका देवकोटा यसपटक १६औं चुनावी साधारण सभामा अध्यक्ष पदको उम्मेदवारको रुपमा देखा परेका छन्।
लोकतान्त्रिक प्यानमा आफ्नो नेतृत्वमा टिमनै वनाएर चुनावी मैदानमा देखिएका हुन्।