विदेशबाट आउने सुन तस्करलाई कडाई गर्न थालेपछि तस्करले विभिन्न तरिका अपनाएर सुन ल्याउने गरेका छन्।
शनिबार यस्तै प्रकृतिमा सुन नेपाल भित्रिएको छ। अमेरिकाबाट आएका एक पुरुषले अवैध रूपमा सुन ल्याएको भेटिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले सुन ल्याउने पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उनले ल्याएको ड्रोनभित्र सय ग्राम सुन भेटिएको हो। उनले ड्रोन क्यामराको लेन्सभित्र सुन राखेर ल्याएकाे जनाइएकाे छ।
भुटानी शरणार्थी रहेका ती पुरुष दिउँसो काठमाडौं आइपुगेका थिए।
त्यस्तै जुत्ताको तलुवाभित्र पनि ९ सय ग्राम सुन जस्तो वस्तु भेटिएको छ। बाहिर चाँदी जस्तो देखिएको वस्तुभित्र रहेको अर्को पदार्थ सुन हुनसक्ने आशङ्कामा ल्याब परीक्षण गरिएको छ।