बिएल संवाददाता
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन्।
रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको बताए।
गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको जीकिर गर्दै उनले गठबन्धनलाई बिदाई गर्नुपर्ने बताएका थिए।
गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उनको आरोप थियो।
लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक म'ल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनले बताए।
आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेबापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाई गर्नुपर्ने उनको भनाई छ।
'तपाईहरु हेर्न सक्नुहुन्छ अहिले देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ। दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउँछ। तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ। सरकार बनाए वापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन । अदालतले सघाएसम्म ठिक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ' साहले भने, 'जहिलेदेखि गठबन्धन सरकार आएको छ देशमा लोकतान्त्रिक मान्यताको हत्या भएको छ, गठबन्धन नाङ्गै नाच नाचिरहेको छ।'
'तपाईहरुले भर्खरै देख्नुभयो गठबन्धनका एउटा ठग फोरमको एकजना मेयर रंगेहात घुस लिइरहेको अवस्थामा समातियो। तर गठबन्धनले भ्रस्टाचारीलाई नछोडे आन्दोलन गर्ने धम्की दिरहेको छ। यस्तो त आचरण छ गठबन्धनको यसबाट के अपेक्षा गर्ने रु' नेता साहले नले थपे, 'गठबन्धन आएदेखि भ्रष्टाचार बढेको छ, अपराध बढेको छ, लुटआतंक बढेको छ। यस ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्छ, देशलाई मुक्त गर्नुपर्छ।'
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रौतहट इन्चार्ज उपेन्द्र साह, सह(ईन्चार्ज उद्धव रेग्मी, केन्द्रीय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुको सहभागिता रहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया