बुधबार, १७ डिसेम्बर २०२५

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै 

News Image
• • •

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दै गएको छ।

पछिल्लो समय कोरोना परीक्षण गर्ने दर घटे सँगै कोरोना सङ्क्रमण पुष्टि हुने दरमा पनि कमी आउन थालेको पाइएको हो।

अझै यो जोखिमलाई शून्यमा झार्न जनताले स्वास्थ्य मापदण्डको पालन गर्नु पर्नेमा चिकित्सकहरूले जोड दिएका छन्। 

कोरोना सङ्क्रमणको जोखिम घट्दै गए सँगै कोरोना प्रयोगशालामा कोरोना जाँच गर्ने दर पनि उत्तिकै घटेको छ।

यस्तै जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा आइतबार २ जनाको नमुना परीक्षण गरिएकोमा २ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालामा अहिले सम्म ३ सय ४ जनाको फलो अफ परीक्षण गरिएकोमा २ सय ८४ जनाको रिपोट नेगेटिभ आएको छ भने १ सय जनाको रिपोट पोजेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिए।

कमलबजार सिपिआर प्रयोगशालामा अहिले सम्म ८ हजार १ सय ५ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

यस्तै ४ हजार ९ सय २४ जनाको रिपोट भने नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी विष्टले जानकारी दिए। कल्पना बोहरा 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!