गृहमन्त्री बालकृष्ण खाण शनिबार रुपन्देही जाने भएका छन्। गृहमन्त्री खाण शनिबार बिहान गृहजिल्ला रुपन्देही जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ।
गृह जिल्ला रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री खाण सवा सात बजे बुद्ध एयरबाट भैरहवा जाने कार्यक्रम तय भएको स्वकीय सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उनी बिहान १० बजे भैरहवामा आयोजना हुने रुपन्देही युवा समूहको हिरोज अफ पब्लिक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनेछन्। त्यस्तै उनले दिउँसो एक बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ निर्माण हुन लागेको १५ शैय्याको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
साथै त्यो कार्यक्रम पश्चात रोहिणी गाउँपालिका वडा नं ३ धकधइ चोकमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा खाण सहभागी हुने छन्।