५० रुपैयाँ भाडा विवादले हत्या, निलो रङको अटो क्लुले यसरी पुर्‍यायो आरोपितसम्म

पहिलोपोष्ट

काठमाडाैँ

चार दिनदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोली एउटा अटो (इलेक्ट्रिक रिक्सा) खोजीमा जुट्यो।

प्रहरी जुन अटोको खोजी गरिरहेको थियो त्यसको नम्बर प्लेट खुलेको थिएन। कैलालीका सात हजार अटोबाट एउटा अटो पहिल्याउनु सहज थिएन प्रहरीका लागि। अटोको कनेक्सन प्रहरीले एउटा हत्यासँग गर्न खोजेको थियो। प्रहरीले अटो फेला पारे पनि अपराधको 'क्लु' र अपराधीसँग पुग्न सकिन्छ कि भन्ने झिनो आशा थियो।

खोज्न सुरु गरेको चार दिनपछि प्रहरीले खोजेको अटो फेला पर्‍यो।

सोमवार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर–५ स्थित केराबारीको सडक नालीमा एक युवकको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा शव भारतको उत्तर प्रदेश शाहजापुरका ४२ वर्षीय कुलदीप गुप्ताको रहेको पुष्टि भयो। घटना हत्या नै भएको खुल्यो। तर, प्रश्न कसले र किन गर्‍यो? उत्तर सहज थिएन।

प्रकाशित मिति: : 2022-03-11 19:21:00

प्रतिकृया दिनुहोस्