नारी दिवस: कालापत्थर पुगेर फर्किए महिलाहरु

शनि शाक्य

काठमाडाैँ

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरकी छिन्।

नारी दिवसको अवसर पारी १३ दिनको पदयात्रा सुरु गरेर कालापत्थर पुगेर आएका महिलाहरुलाई स्वागत गर्न मन्त्री शुक्रबार विमानस्थल पुगेकी थिन।

योजना, वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा महिलाहरुको समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्दै जलवायु परिवर्तनका बिषयमा १० बुँदे घोषणा पत्र जारी गरेको थियो ।

प्रकाशित मिति: : 2022-03-11 16:12:00

प्रतिकृया दिनुहोस्