आगो ताप्ने क्रममा जलेर मृत्यु

File Photo
File Photo

माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ। लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो।

उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए। कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-03-10 13:59:00

प्रतिकृया दिनुहोस्