बुधबार, १७ डिसेम्बर २०२५

ताइवानमा विदेशी हस्तक्षेप र पृथकताबादी गतिविधि अमान्य : चीन

File Photo
• • •

चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउँदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ।

सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो। तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ।

चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए। एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्वपूर्ण अंश भएको उनले बताए।

‘हामी ताइवान स्ट्रेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौं’, प्रधानमन्त्री लीले भने, ‘स्वतन्त्र ताइवान चाहने जुनसुकै विखन्डकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छों।’

उनले अगाडि थपे, ‘ताइवान स्ट्रेटको दुबै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ।एजेन्सी

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!