ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत 

Symbolic photo
Symbolic photo

ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

थोकरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै, झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लिम्बुले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-03-03 17:53:00

प्रतिकृया दिनुहोस्