गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्तले आफ्नो स्वार्थ पूरा गर्न असान्दर्भिक कार्य गर्दा संगठन नै टुक्रिने अवस्थामा पुगेका छ।
आफ्नो कार्याकाल सकिनै लागेका बेला उनले संगठनलाई फुटाएर पुन: टुक्रिएको समूहलाई कब्जा गरी बस्ने योजनाका साथ पछिल्लो समयमा विभिन्न गतिविधि गर्दै आएका हुन्।
एनआरएनएलाई ‘कमाइखाने भाँडो’ बनाएको एउटा सानो गुटले उचालेकै भरमा उनले संगठन फुटाउने खेलमा लागेको भन्दै चौतर्फी विराेध सुरू भएकाे छ।
एनआरएनए जस्तो पवित्र संगठनलाई पन्तले धमिलो बनाएको आरोप उनीमाथि लाग्ने गरेकाे छ। उनले विभिन्न समयमा गरेका कार्यले एनआरएनएको बदनाम हुँदै आएको हाे।
नेपालमा विभिन्न अवैध गतिविधि गरेर भागेका केही व्यक्ति, तस्करी, हुण्डी कारोकारीहरुको पछि लागेर पन्तले संगठन बिगारेको भन्दै बेला–बेला बिरोध हुने गरेको छ। पन्तले विधान विपरित जम्मा दुई दिनको सूचना दिएर बुधबार बोलाइएको आईसिसि बैठकलाई अधिकांश पदाधिकारी तथा सदस्यहरुले बहिष्कार गरेका थिए।
१ सय ४० बढी आइसीसी सदस्यहरु रहेकोमा ५० भन्दा कम सदस्यहरु मात्रै बैठकमा सहभागी भएकाे स्रोतले जानकारी दिएकाे छ।
बैठकले संरक्षक परिषद् तथा उच्चस्तरिय समिति खारेज गर्ने, पाँच दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अष्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुको आवद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता एकपक्षीय र विधानको ठाडो उल्लङ्घन गर्ने खालका निर्णयहरु गरेको बताइएको छ।
प्रतिनिधिकाे विवादका कारण गत अक्टोबर २०२१ मा हुनुपर्ने गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरिय समिति गठन गरेको थियो।
घलेले बुधबार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाएका थिए। संघको विधान २००३ संशोधनसहित २०२१ अनुसार आइसीसीले संरक्षक परिषद्लाई विघटन गर्न मिल्दैन।
पन्त तथा उनका सहयोगीहरुको निर्देशनमा गत मार्चमा भएको जापान एनआरएनए निर्वाचनमा धाँधली भएको थियो। त्यतिमात्र नभई त्यो बेला नेतृत्वमा आफ्ना मान्छे पुर्याउन सो समूहले इमेलनै ह्याक गरी विद्युती अपराधजन्य कार्य गरेको पुष्टि यसअघिनै भइसकेको छ। उक्त मुद्धाको बारेमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ।