राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रबाट रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
बाइडेनले आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा रुसी विमानलाई अमेरिकी हवाई क्षेत्रबाट प्रतिबन्ध लगाउने घोषणा गरेका हुन ।
“आज राती म घोषणा गर्दैछु कि हामी सबै रूसी उडानहरूको लागि अमेरिकी हवाई क्षेत्र बन्द गर्नै, रुसलई अझ अलग पार्ने र उनीहरूको अर्थतन्त्रलाई थप घटाउन हाम्रा सहयोगीहरूसँग सहभागी हुनेछौ।”
राष्ट्रपतिले भने।
अमेरिकाले रुसी विमानहरुलाई आफ्नो हवाई क्षेत्र बन्द गर्न क्यानडा र युरोपेली संघमा समेत सम्लग्न भएको छ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सम्पूर्ण ईयूले रूसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गर्नु अघि जर्मनी, फ्रान्स र इटालीलगायत धेरै युरोपेली देशहरूले यसो गरिसकेका थिए।