बुधबार, १७ डिसेम्बर २०२५

युक्रेनका हजारौँ शरणार्थीहरूलाई रोमानियाले दियो बास (फोटो फिचर)

Breaknlinks
• • •

युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि ६७ हजारभन्दा बढी युक्रेनीहरूले रोमानियामा शरण लिएका छन्।

रोमानियाली सरकारका अनुसार गत हप्ता रुसी आक्रमण सुरु भएयता युक्रेनबाट ६७ हजारभन्दा बढी मानिस रोमानियामा प्रवेश गरेका छन्।

युक्रेनी संसदले ‘मार्शल ल’ घोषणा गरेर १८ देखि ६० वर्ष उमेरका पुरुषहरूलाई देश छाड्न प्रतिबन्ध लगाएपछि धेरै युक्रेनी वृद्धवृद्धा र महिलाहरू आफ्ना बच्चाहरूसँग यात्रा गरिरहेको अल जजिराले बताएको छ।
शरणार्थीहरू रोमानियामा सिमाना नजिकका शहरहरूबाट मात्र नभई अन्य ठाउँबाट आइपुगेका छन्। कतिपयले सीमा पार गर्न दुई दिनको यात्रासमेत गरेका छन्।

दुई देशको सिमाना उत्तरी रोमानियाका सिरेट अति व्यस्त देखिएको छ भने कारहरूको लामो लाइन र मानिसको भिड देखिएको छ।

केही मानिसहरूले खेतहरूमा रात बिताए, केही मानिस भने सीमा पार गर्न पर्खिरहेका थिए। जोखिम मोलेर ज्यान जोगाउन रोमानियामा शरण लिनेको घुइँचो छ।
रोमानियाली पक्षमा नागरिक समाजका सयौं स्वयंसेवकहरू, रोमानियाली आपतकालीन निरीक्षक र रोमानियाली अग्नि नियन्त्रकहरूले रोमानियाका विभिन्न शहरहरूमा खाना, मोबाइल फोन, सिम कार्डहरू र निःशुल्क यातायातसहित तत्काल राहत प्रदान गरेको छ।

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि ५ लाखभन्दा बढी मानिसले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

द्वन्द्वबाट ज्यान जोगाउन भाग्ने युक्रेनी नागरिकहरूको ठुलो संख्यामा पोल्याण्ड, हंगेरी, मोल्डोभामार, स्लोभाकियालगायत देशमा पलायन भएका छन्।

तस्विरहरुः

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!