बिएल संवाददाता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस् समकक्षी रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ। उनीहरुबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ। उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा विकसित परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ।
रुस र युक्रेनकाबीचमा पछिल्लो समयमा विवाद उत्पन्न भएको छ । युक्रेनको पूर्वी भागमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ।अमेरिकासहितका पश्चिमा देशहरुले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन्। रुसी राष्ट्रपति पुटिन र टर्कीस राष्ट्रपति एर्दोगानबीच युक्रेनका विषयमा वार्ता केन्द्रित रहेको मस्कोले जानकारी दिएको छ।
तर यसैबीच रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका छन्।पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गर्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाइको छ।
यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको ती सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया