खुमलटार वार्ता सकेर देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।

प्रतिनिधिसभा बैठक बस्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग खुमलटारमा भेटवार्ता गरेर उनी सिंहदरवार हुँदै बालुवाटार पुगेको उनीनिकट स्रोतले जनाएको छ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट छिनोफानो सम्भवतः आजै हुनेछ। यसबारे थप रणनैतिक योजना बनाउन प्रचण्ड, नेपाल र खनालबीच निर्णायक भएको बताइएको छ।

तीन नेताबीच आजको प्रतिनिधिसभा बैठकमा निर्वाह गर्ने भूमिकाबारे छलफल र सोही निर्णय सुनाउन बालुवाटार गएको बताइएको छ।

एमसीसी सम्झौता जस्ताको त्यस्तै पास गर्ने, संशोधनबिना अघि नबढाउने वा फेल गर्ने भन्नेमा माओवादी केन्द्र–एकीकृत समाजवादीबीच अझै अन्यौल जारी नै छ।


प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल र झलनाथ खनाल

प्रकाशित मिति: : 2022-02-24 11:48:00

प्रतिकृया दिनुहोस्