प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबल भइसकेको छ।
एमसीसीको छिनोफानो सम्भवतः आजै हुनेछ। प्रतिनिधिसभा बैठक बस्नुअघि थप रणनैतिक योजना बनाउँन सत्ताघटक माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको छ।
उनीहरूबीच आजको प्रतिनिधिसभा बैठकमा निर्वाह गर्ने भूमिकाबारे छलफल बताइएको छ।
एमसिसी सम्झौता जस्ताको तस्तै पास गर्ने, संशोधनबिना अघि नबढाउने वा फेल गर्ने भन्नेमा माओवादी केन्द्र–एकीकृत समाजवादीबीच अझै अन्यौल जारी नै छ।