युक्रेनमाथि रुसले लगाएको प्रतिबन्दको नेपालमा विरोध, दूतावासअघि धर्ना (भिडियाे)

शनि शाक्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

‘मानव अधिकार तथा शन्ति समाज’ले रसियनले युक्रेनमाथि लगाएको प्रतिबन्धप्रति रसियन दुताबास अगाडि प्रदर्शन गरेको छ।  बुधबार मानव समाजले युक्रेनमाथि लगाएको प्रतिबन्धलाई रसियाले हटाउनुपर्ने माग गर्दै  शन्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।  

‘शन्तिसमाजका’का सभापति गोविन्द खनालले युद्द ठुलो अपराध भएको भन्दौ रसियाले गरेको हस्तक्षेप उचित नभएको बताएका छन्। ‘युद्दले कसैलाई राम्रो हुदैन, उनले भने–युक्रेनमाथि  गरेको हस्तक्षेप राम्रो होइन।यो  कदमले  शन्तिवादी  मानिसलाई  दुःखी  बनाएको छ।

यस युद्द रोकिनुपर्छ। रसियाले मानवतामाथि अपराध गरेको छ। साथै खनालले रसियाले कुटनितिक सम्बन्धबाट यसलाई सुल्झाउनुपर्ने बताएका छन्।‘जति सम्म युक्रेनमाथिको प्रतिबन्धलाई हटाउदैन,हामी विरोध गरिरहन्छौ’ उनले भने।    

प्रकाशित मिति: : 2022-02-23 15:26:00

प्रतिकृया दिनुहोस्