गत २४ घन्टामा ४७६ कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

file photo
file photo

नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७६ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ८३१ जनाले संक्रमण जितेका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ। सोही अवधिमा नेपालमा थप तीन संक्रमितको मृत्यु भएको छ।योसँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९२८ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-02-22 17:36:00

प्रतिकृया दिनुहोस्