बिएल संवाददाता
मोरङको केरावारी गाउँपालिका ८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ।
उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका ३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो। माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो। शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो।
अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो।
यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया