कोरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरिअन्टले अहिले विश्वभरिका आधा कोभिड-१९ सङ्क्रमणका लागि जिम्मेवार छ।
तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरिअन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार बीए.वान हो।
तर अहिले एशिया र युरोपका धेरै देशहरूले बीए.टुका सङ्क्रमण बढिरहेको बताइरहेका छन्।
डब्ल्यूएचओका अनुसार उक्त सबभेरिअन्ट फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ।